८ बैशाख २०८१, शनिबार

रोकिएन नेप्सेको पहिरो, कारोबारमा पनि गिरावट


bearish-market

२१ फागुन, काठमाण्डौ । अर्थमन्त्रीको विवादास्पद अभिव्यक्ति पश्चात आइतबार उच्च अंकले घटेको शेयर बजार परिसुचक नेप्से सोमबार पनि सकारात्मक रहन सकेन । आइतबार ४१ अंकले घटेको नेप्से सोमबार १६ दशमलव ६९ अंकले घटेर १ हजार २ सय ८७ दशमलव ७४ को बिन्दुमा कारोबार बन्द भएको छ ।

सोमबार कारोबारको शुरुवातीमा आक्रामक रुपले बढेर आधी घण्टाको अवधिमा ११ बजेर ३४ मिनेट जाँदा १ हजार ३ सय १९ को बिन्दुमा पुगेको नेप्से त्यसपछि क्रमश ओरालो लागेको थियो । मध्यान्हको सबा १२ बजे सम्म ओरालो लागेको बजार त्यसपछि स्थिर जस्तै देखिएको अन्त्यमा घटेर बन्द भएको हो ।

परिसुचकसँगै सोमबार कारोबार रकममा पनि गिरावट आएको छ ।

आज १५३ कम्पनीको ३९ करोड ५२ लाख १७ हजार ४३५ रुपैयाँको शेयर किनबेच भएको छ । जसमध्ये नेपाल लाईफ इन्स्योरेन्सको सबैभन्दा बढी २ करोड ३६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंककाृ १ करोड ९५ लाखमाथि, ग्लोबल आइएमई बैंकको १ करोड ३७ लाखमाथिको शेयर किनबेच भएको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्टको संस्थापक शेयर एक करोडभन्दा बढीको किनबेच भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !