६ बैशाख २०८१, बिहिबार

झापा गोल्डकपमा नेपाल पुलिस क्लब १–० गोल अन्तरले विजयी


२० फागुन, झापा । रुपन्देही– ११ लाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार सम्पन्न प्रतिस्पर्धामा रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस अघिल्लो चरणमा प्रवेश गरेको हो । खेलको ८३ औं मिनेटमा पुलिसका तर्फबाट रेजिन सुब्बाले गरेको गोल नै निर्णयक बन्यो । खेलको म्यान अफ द म्याच पुलिसकै सुमन लामा घोषित भए ।

अाज अर्को विभागीय टोली शसस्त्रप्रहरीको एपीएफ क्लब र रुस्लान थ्रि स्टारबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा विजेता टीमले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख पुरस्कार पाउनेछ । साथै प्रत्येक खेलकाे `मेन अफ द म्याच´ले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !