१३ बैशाख २०८१, बिहिबार

‘दबगं द टूर नेपाल’ वैशाखमा हुने


Da Bangg

१८ फागुन, काठमाण्डाै । बलिउड अभिनेता सलमान खानको सहभागितामा काठमाण्डाैकाे टुँडिखेलमा हुने भनिएकाे ‘दबगं द टूर नेपाल’ कार्यक्रम आउँदो वैशाखको पहिलो साता हुने भएको छ ।

उक्त कार्यक्रम स्थगित भएको समाचार सार्वजनिक भएलगत्तै शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर ओडीसीले फागुन २६ गतेका लागि तय गरिएको ‘दबगं द टूर नेपाल’ आउँदो वैशाख पहिलो साताका लागि सारिएको जानकारी दिएको हो ।

‘यसै फागुनको २६ गते टुडिखेलमा आयोजना गर्न लागिएको ‘दबगं द टूर नेपाल’ ‘विशेष कारण’ले आगामी वैसाख पहिलो साताकालागि सारिएको व्यहोरा जानकारी गराउँदछौं’ जारी विज्ञप्तिमा भनिएको छ । करिब १५ करोड लागत अनुमान गरिएको सो कार्यक्रमका लागि करिब १० करोड लगानी भइसकेको भन्दै उसले टिकट लिइसकेका दर्शकले त्यही टिकटबाट कार्यक्रम हेर्न सकिने स्पष्ट पारेको छ । साथै सो कार्यक्रमका लागि टिकट विक्री पनि भइरहेको जनाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले कार्यक्रमप्रति आपत्ति व्यक्त गरेपछि फागुन २६ गतेकाे कार्यक्रम स्थगित भएको हो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !