७ बैशाख २०८१, शुक्रबार

रुकुमवाट दाङ जाँदै गरेको बस भाटखोलामा खस्दा दुईको मृत्यु


accident

८ माघ, दाङ । रुकुमवाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको यात्रुबहाक बस सल्यानको त्रिवेणी–६, भाटखोलामा खसेको छ । यात्रुबहाक गाडी खोलामा खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी भरतबहादुर विकले बताए । सडकवाट डेढ सय मिटर तल बस खसेको प्रहरीले जनाएको छ ।

गाडीमा कति सवार थिए भन्ने खुलेकाे छैन । उद्भार गरिएकाहरूकाे माेडल अस्पताल र कान्तिपुर मेडिकल, श्रीनगरसहित जिल्ला अस्पताल खलंगामा उपचार भइरहेकाे छ । गम्भीर घाइतेहरूलार्इ थप उपचारका लागि दाङ र बाँके लैजाने तयारी भइरहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !