१३ बैशाख २०८१, बिहिबार

असार १ गतेदेखि सरकारी र निजी कार्यालय दुई सिफ्टमा खुल्ने


अफिस_कार्यालय

काठमाडौं, जेठ २९ । नेपाल सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दुरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय नेपाल सरकारका प्रवक्ता तथा सञ्चार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रालयमा बिहिबार हुने नियमित पत्रकार ब्रिफिंग गर्दै सो जानकारी दिएका छन् ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारी, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्र र बैंक तथा वित्तीय क्षेत्रका कार्यालयहरु दुई सिफ्ट चल्न दिने निर्णय गरेको थियो । उनका अनुसार सामाजिक दूरी र आवागमनमा सहज होस् भन्‍ने उद्देश्यले उक्त निर्णय लिइएको हो ।

सरकारका प्रवक्ता खतिवडाका अनुसार सबै सरकारी, निजी र बैङ्क तथा वित्तीय संस्थासम्बन्धी कार्यालय असार १ गतेदेखि बिहान ८ देखि १ बजेसम्म पहिलो र १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्ट चल्ने बताएका छन् । डा. खतिवडाका अनुसार आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने र कार्यालयमा पनि भौतिक दुरी कायम गर्नुपर्ने भएकाले दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !