६ बैशाख २०८१, बिहिबार

वान बेल्ड वान रोडले पोखराको विकासमा भुमिका खेल्छ – मेयर जिसी


असोज २५, कास्की | पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले वान बेल्ड वान रोडले पोखराको विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । चिनिया समाचार एजेन्सी सिन्हाका पत्रकाहरुसंग मंगलबार कुराकानी गदै उनले पोखराको पर्यटन विकासमा वान बेल्ड वान रोडसंगै पोखरामा चिनिया पर्यटक भित्राउन सहज हुने विश्वास ब्यक्त गरे ।

धेरै ठूलो जनसंख्या भएकाले धेरै भन्दा धेरै पर्यटक पोखरा भित्राउन सके पोखराको पर्यटन क्षेत्रमा ठूलो फड्को मार्न सकिने बताए । उनले विकासका लागी सडक सञ्जाल महत्वपूर्ण भएको बताउदै वान बेल्ड वान रोडको योजना जति छिटो सकियो त्यती नेपाली जनताको समृद्धिको चाहनामा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । उनले नेपालको भुधरातलका कारण विकास निर्माण चुनौतीपूर्ण रहेको बताउदै त्यसका लागी चिनले प्राविधिक सहयोग उपलब्ध गराउन सके सडक सञ्जाल विस्तारमा सहयोग पुग्ने बताए ।

उनले पोखराको गुरुयोजना बनाएर अगाडी बढने तयारीमा महानगर अगाडी बढेको बताउदै अहिले पूर्वाधार विकासमा जोड दिइएको मेयर जिसीले बताए ।‘सवै क्षेत्रको सन्तुलीत विकास आवश्यक छ तर नयाँ संरचनामा पहिलो पटक जादा भौतिक पूर्वाधारमा लगानी गर्नुपर्ने बाध्यता रहेको छ ।’ पोखरालाई सवै वडामा जोडने गरि सडक सञ्जाल विस्तार गर्नुपर्ने भएकाले पूर्वाधारमा बजेट बढि रहेको उनको भनाई थियो । मेयर जिसीले पोखरा लेखनाथ महानगरपालिकालाई दिर्घकालीन योजनाका साथ अगाडी बढाउनुपर्ने बताउदै पाँच र दश वर्षे योजना बनाउन सिटि प्लानिङ कमिर्सनर बनाएर अगाडी बढने नीति नगर सभाले पारित गरेको समेत जानकारी दिनुभयो । ‘दिर्घकालीन र अल्पकालीन योजनाहरु बनाएर जानका लागी नगरसभाले सिटि प्लानिङ कमिर्सनर बनाउने नीति बनाएको छ ।’

उपमेयर मञ्जुदेवी गुरुङले विषेश गरि महिलाहरुलाई आत्मनिर्भर बनाउने गरि उपमेयरसंग महिला कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको बताइन् । उनले महानगरभित्रका महिलाहरुलाई निशुल्क कानुनी परामर्श दिने गरि सहायता कक्ष निर्माण गरेर समस्या समाधान गर्ने काम भैरहेको समेत जानकारी दिइन् । उनले पोखराको विकासका लागी आफुहरु निवाचित भएका कारण जनताका समस्या र विकासमा ध्यान केन्द्रीत गर्ने बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !