४ बैशाख २०८१, मंगलबार

मापदण्डअनुसार क्वारेन्टिन व्यवस्थित गर्न आग्रह


काठमाडौँ, १२ जेठ । प्रतिनिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले देशभर निर्माण भएका र निर्माणाधीन क्वारेन्टिन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ । समितिका सभापति कृष्णभक्त पोखेरलको अध्यक्षमा बसेको बस्ने व्यक्तिलाई खाना, स्वास्थ्य, सरसफाइ र सुरक्षाको उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले असहाय, एकल तथा विधवा महिला र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरिदैँ आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न यससम्बन्धी संशोधन विधेयक सङ्घीय संसदको चालु अधिवेशनमा पेश गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमणको पहिचान गर्न गरिने पिसीआर परीक्षण समुदायस्तरसम्म व्यापकरुपमा गर्ने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समितिले ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

समितिले कोरोना भाइरसको महामारीका कारणले बन्दाबन्दीको समयमा घटेका जातीय विभेद, छुवाछुत, बलात्कार, हत्याजस्ता घटनाका दोषीउपर कारवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देश गर्ने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !