७ बैशाख २०८१, शुक्रबार

घर जान पाउँदा…


d’Da}df cnkq g]kfnL sf]/f]gf efO/;sf] ;ªqmd0f lgoGq0fsf nflu ul/Psf] ns 8fpgsf sf/0f ef/tsf] d’Da}l:yt cFw]/L eGg] 7fpFdf cnkq k/]sf g]kfnL o’js . pgLx? :jb]z kmls{g] jftfj/0f ldnfOlbg clkn u/]sf 5g . t:aL/ ;f}hGoM /fh]Gb| rGb÷d’Da} ef/t

फिदिम, १५ वैशाख । पाँचथरको कुम्मायक–१ यासोकका टेकवीर लावती हिउँदभरि काठमाडौँमा ज्यामी काम गर्नुहुन्छ । बर्खा लागेपछि गाउँ फर्कनुहुन्छ, खेतीपाती गर्नुहुन्छ । छ जनाको परिवार पाल्ने लावतीको आधार यासोकको खेतीपाती र काठमाडौँको रोजगारी हो । चैत लाग्दै थियो, गाउँ जाने तयारी गर्दै हुनुहुन्थ्यो उहाँ । “चैत ९ गते साथीहरुले सुनाए– अब पूरै देश बन्द हुन्छ रे । गाउँ जाने तयारी गरौँ”, लावतीले सम्झनुभयो, “तर मालिकले चैत १२ गते पारिश्रमिक दिने बताए । हामी त विलखबन्दमा प¥यौँ ।” चैत ११ गतेबाट लकडाउन शुरु भयो । उहाँ काठमाडौँमै अड्किनुभयो ।

“परिवार एकातिर छन्, आफू अर्कातिर छु । परिवार चलाउन जम्मा गरेको पैसाले महिना दिन खाएँ । भाग्यले आज घर जान पाएको छु”, आइतबार फिदिममा भेटिनुभएका लावतीले भन्नुभयो, “अझै कतिदिन क्वारेन्टाइनमा बस्नुपर्ने भन्छन् । पैसा नलिए त राम्रै हुन्थ्यो । पक्कै रोग सरेको छैन होला ।” पाँचथरका स्थानीय तहले काठमाडौँमा अलपत्र परेका स्थानीयवासीलाई उद्धार गरी ल्याउने क्रममा लावतीले घर आउने अवसर पाउनुभएको हो । “काठमाडौँमा खोजेर यहाँसम्म ल्याउनुभयो । एक पैसो खर्च पनि भएको छैन”, लावतीले स्थानीय तहका जनप्रतिनिधि र काठमाडौँमा उद्धार गर्ने व्यक्तिलाई धन्यवाद दिँदै भन्नुभयो, “परिवारसँग छुटेर कोठामा थुनिएर बस्नुपर्दा साह्रै दुःख भयो । आज घर आउन पाउँदा खुशी भएँ । अब त नानीहरु (छोराछोरी)लाई यासोक (क्वारेन्टाइन)मै भए पनि देख्न पाउँछु ।”

काठमाडौँ उपत्यकामा अलपत्र परेका जिल्लावासीलाई काठमाडौँमा सक्रिय पाँचथरवासीका सामाजिक सङ्घ संस्थाको पहलमा जिल्ला ल्याइएको हो । उक्त कार्यमा यहाँबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसहित पूर्वसांसदहरु, प्रदेशसभा सदस्यहरु तथा स्थानीय तहले विशेष पहल गरेका हुन् । शुक्रबार र शनिबार मात्रै काठमाडौँमा रहेका २९२ जना जिल्ला आइपुगेको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिनुभयो ।

यसरी आउनेमै पर्नुहुन्छ जिल्लाको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाकी मञ्जु लिम्बू पनि । “घर आउने तयारीमै थियौँ । नानीको परीक्षा सकिँदै थियो । श्रीमान्को बिदा मिलेको थिएन”, घर जाने क्रममा फिदिम आइपुग्नुभएकी लिम्बूले भन्नुभयो, “सानो नानीसँग रातारात हिँड्नुप¥यो । अझै घर पुग्ने टुङ्गो छैन ।” लकडाउन लागू गर्ने निर्णय समयमै नहुँदा काठमाडौँ तथा जिल्ला आउने क्रममा बाटोमा ठूलो सास्ती भोग्नुपरेको उहाँको अनुभव छ । “नानीसँग क्वारेन्टाइनमा छु । छिटो परीक्षण गरी होम क्वारेन्टाइनमा पठाइदिनु भए हुन्थ्यो”, लिम्बूले भन्नुभयो ।

काठमाडौँबाट घर फर्किनेमा पीडा र खुशीको सम्मिश्रण भेटिन्छ । कोही साँच्चै समस्यामा परेर गाउँ फर्केका छन् त कोही आफन्त र छरछिमेकी गाउँ जाने भएपछि काठमाडौँमै बस्न सक्ने हुँदाहुँदै पनि घर फर्केका छन् । घर जाने क्रममा काठमाडौँबाट फिदिम आइपुग्नुभएका जिल्लाको मिक्लाजुङ–३ आरुबोटेका धनकुमार फियाकले भन्नुभयो, “रासन सकिएको थियो । पर्याप्त राहत पनि पाइएको थिएन । धन्न घर आउने मौका पाएँ । निकै दुःख भए पनि गाउँ आउन पाउँदा बेग्लै आनन्द भयो ।”

कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि लकडाउन घोषणा भएको एक महिनापछि काठमाडौँ उपत्यकामा अलपत्र जिल्लावासीको उद्धार गरिएको हो । यसरी उद्धार गरिएकालाई जिल्लामा ल्याई यहाँस्थित क्वारेन्टाइनमा राखिएको छ । “गाउँमा सङ्क्रमण फैलने त्रास हुने हुनाले सबैलाई क्वारेन्टाइनमा राख्ने प्रवन्ध गरेका हौँ । शीघ्र डाइग्नोस्टिक परीक्षण (आरडिटी) गरेपछि होम क्वारेन्टाइनमा बस्ने गरी घर फर्काउन स्थानीय तहहरुलाई आग्रह गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले भन्नुभयो । ग्रामीण क्षेत्रमा बढेको सङ्क्रमणको जोखिमलाई ध्यान दिन प्रशासनले सबै पक्षसँग आग्रहसमेत गरेको छ ।

पाँचथरजस्तै छिमेकी जिल्ला ताप्लेजुङ घर भई काठमाडौँमा अलपत्र परेकाको उद्धार गरी जिल्ला पठाउने कार्य सम्पन्न भएको छ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँमा अध्यक्ष चित्रगुप्त साँवाका अनुसार काठमाडौँमा अलपत्र परेका ज्यालादारी गर्ने व्यक्ति तथा तिनका परिवार, विद्यार्थी, वैदेशिक रोजगारीको सिलसिलामा काठमाडौँमा अड्केकालाई उद्धार गरी जिल्ला ल्याइएको हो । उनीहरुलाई शीघ्र डाइग्नोस्टिक परीक्षणपछि होम क्वारेन्टाइनमा पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !