८ बैशाख २०८१, शनिबार

किरण खड्का स्मृति सेभेन–ए साईड फुटबल प्रतियोगिताको फाईनल खेल शनिबार हुने


भाद्र २४, पोखरा | पोखरामा जारी प्रथम किरण खड्का स्मृति सेभेन–ए साईड फुटवल प्रतियोगिता २०७४ अन्र्तगत शनिबार सेमिफाईनलका खेल सहित फाईनल खेल हुने भएको छ । पहिलो सेमिफाईनल खेलमा एल.जी.एशोसियसन बिरुद्ध संगम एफ.सी. बिच बिहान हुने भएको छ भने दोश्रो खेलमा गलेश्वर एफ.सी. बिरुद्ध मसिना एफ.सी.ए बिच खेल हुने भएको आयोजक शितल ज्योति युवा क्लवका सचिव पुर्ण गुरुङले बताए । दिउसो १ बजे पछि फाईनल खेल सहित प्रतियोगिता समापन हुने भएको छ ।

पोखराको अम्मरसिंहचोक स्थित अमरसिंह माविको खेल मैदानमा सुक्रबार भएको पहिलो क्वाटरफाइन खेलमा एल.जी.एशोसियसनले रन्जन मेमोरियललाई सडेन डेथमा पराजित गर्दै सेमिफाईनलमा यात्रा बनाएको हो । निर्धारित समयमा दुबै तर्फ गोल हुन नसके पछि टाईब्रेरमा पुगेको खेलमा टाईब्रेकरमा पनि दुबै तर्फ २-२ गोलले खेल बराबरीमा टुंगिए पछि निर्णायकको अन्तिम विकल्प सडेन डेथबाट टुंगो लागेको हो । टाईब्रकर पछि १० औं खेलाडीले पेनाल्टी सुट हान्दा टुंगो लागेको हो । खेलमा एल.जी.का गोलरक्षक राम बहादुर कार्की म्यान अफ दी म्याच घोषित भए ।

दोश्रो खेलमा संगम एफ.सी.ले बिष्णुपादुका क्लव हेमजालाई टाईब्रेकरमा ३–२ को गोल अन्तरले पाखा लगायो । निर्धारित समयमा दुबै तर्फ एक-एक गोल भए पछि खेल टाइब्रेकरमा धकेलिएको हो । खेलमा संगमका गोलरक्षक हिमाल गुरुङ म्यान अफ दी म्याच घोषित भए । म्यान अफ दी म्याच घोषित सुनिल गुरुङको निर्णायक एक गोलको मद्धतले तेश्रो क्वाटरफाईनल खेलमा मसिना एफ.सी एले गार्डेन एफ.सी.लाई १–० ले पन्छाउदै अन्तिम चारमा स्थान बनाएको हो । अन्तिम क्वाटरफाइनल खेलमा आयोजक शितल ज्योतिको निलो समुह माथि गलेश्वर एफ.सी.ले टाइृब्रेकरमा ३–२ ले पराजित गर्दै सेमिफाईनलमा यात्रा बनाएको हो । निर्धारित समयमा दुबै तर्फ गोल रहित खेल बराबरीमा टुंगिए पछि खेल टाईब्रेकरमा धकेलिएको हो । खेलमा गलेश्वरका अनन्त दुरा म्यान अफ दी म्याच घोषित भए । आयोजकले ४ टिम लियर मैदानमा उत्र्रिए पनि क्वाटरफाइृनल भन्दा माथिको यात्रा तय गर्न सकेन ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !