११ बैशाख २०८१, मंगलबार

 विमानस्थलमा फेरी पनि एक किलो सुन सहित ताइवानी पक्राउ 


भाद्र २२, काठमाडौँ | ८८ किलो सुन बरामद भएको एक साता नपुग्दै विमानस्थलमा पनि सुन तस्करीमा संलग्न भएको आरोपमा एक बिदेशी पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट काठमाडौं आएका ताइबानी नागरिक चिएचुन चाङलाई एक किलो सुनसहित बुधबार प्रहरीले पक्राउ गरेको हो । झोलाभित्र लुकाएको सुन भन्सारको एक्सरेमा पत्ता लागेको हो ।

भन्सार कार्यालयले चाङमाथि छानबिन अघि बढाएको छ ।  गत सोमबार प्रहरीले ८८ किलो सुनसहित मनोज अधिकारीलाई पक्राउ गरेको थियो । उक्त सुनका मालिम भनिएका चिनियाँ नागरिक सिया क्विङ भने फरार छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !