८ बैशाख २०८१, शनिबार

दशैका लागि अधिकासं एयरलाइन्सको टिकट बुकिङ


भाद्र २२, काठमाडौँ | दशैमा हवाइजहाजबाट घर जान चाहाने यात्रुहरुले धमाधम टिकट बुकिङ गरेपछि अधिकासं  आन्तरिक उडानको टिकट बुकिङ पुरा हुन लागेको छ । ९० प्रतिशत भन्दा बढि टिकट बेचिसकेको विभिन्न एयरलाइन्सहरुले जानकारी दिए । यद्धपि नेपाल वायु सेवा निगमले भने हालसम्म दशैंको लागि बुकिङ  खुल्ला गरेको छैन् । निगमका सहायक प्रवक्ता शैलेश कंशाकारका अनुसार अव १ हप्ता पछीबाट  बुकिङ खुल्ला गरिने  जानकारी दिए । तर निगमले अन्तरराष्ट्रिय उडानमा भने सबै टिकट बुक भइसकेको  जानकारी दिएको छ ।

नारायणगढ-मुग्लिङ सडकखण्ड जुनसुकै समयमा बन्द हुनसक्ने भएकोले पनि यसपटक जहाजबाट घर जानेको संख्या बढेको र चाँडै बुकिङ भएको सम्बद्ध विमान कम्पनीहरु बताउँछन् । दशैको बेलामा सामान्य अवस्थाभन्दा हवाई यात्रुको चाप बढ्ने गरेको छ । कतिपय यात्रुले दशैमा बसको टिकट नपाउने भएकाले पनि बाध्यताबस जहाजमा घर जाने गरेका छन् । आन्तरिक उडान भर्दै आएका यती, बुद्ध, श्री, तारा, सौर्यलगायतका एयरलाइन्सले दशैंको अग्रीम टिकट बुकिङ शुरु गरेको १ हप्ता पनि नपुग्दै बुकिङ सकिन लागेको जानकारी दिएका छन् ।

लामो गन्तव्यको उडान भर्दै आएको यती एयरलाइन्सको ७५ प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेको कम्पनीका व्यवस्थापक भीम राईले जानकारी दिए । ‘विराटनगर, भैरहवालगायत गन्तव्यका लागि ७५ प्रतिशत बुकिङ भइसकेको छ,’ उनले भने, ‘तर, तुम्लिङटारको भने सबै टिकट बुकिङ भइसक्यो ।’ यतिले एटीआर र जेटस्ट्रिमबाट उडान भर्दै आएको छ । कम्पनीले भद्रपुर, तुमलिङटार, लुक्ला, जोमसोम, विराटनगरलगायत ८ गन्तव्यमा उडान भर्दै आएको छ । साथै यात्रुहरुको माग अनुसार उडान थप गर्ने योजना रहेको उनले बताए ।

त्यस्तै बुद्ध एयरलाइन्सको ४० प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेको कम्पनीका बजार निर्देशक रुपेश श्रेष्ठले जानकारी दिए । बुद्धले एटीआर ४२ -३२० र ७२-५०० सहित ९ ओटा विमानबाट १० गन्तव्यमा उडान भर्दै आएको छ । तुमलिङटार, जनकपुर र भरतपुरको भने झण्डै शतप्रतिशत टिकट बुकिङ भइसकेको उनले जानकारी दिए । त्यसैगरी श्री एयरलाइन्सले फिक्स्ड विङ जहाजबाट नियमित उडान भर्दै आएको छ । कम्पनीका कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार ९५ प्रतिशत भन्दा बढी टिकट बुकिङ भइसकेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !