१३ बैशाख २०८१, बिहिबार

चीनबाट ल्याइएको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण


स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

काठमाडौँ, १६ चैत । नेपाल वायु सेवा निगमको वाइड बडी जहाजमार्फत चीनबाट ल्याइएको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा मेडिकल सामग्री निगमले जिम्मा लगाएको हो ।

चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री बोकेर आएको वाइडबडी जहाज आज बिहान काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो । निगमका प्रवक्ता अर्चना खड्काले चीनबाट ल्याइएको मेडिकल सामग्री सरकारलाई हस्तान्तरण गरिएको बताउनुभयो । यसैबीच चिनियाँ दूतावासले कोभिड–१९ को रोकथाम तथा उपचारजन्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तर गरेको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ती मेडिकल सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ढकाललाई हस्तान्तरण गर्नुभएको हो । चीनका प्रसिद्ध व्यापारी ज्याक माको अलिबाबा र ज्याक मा फाउण्डेसनसहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पठाएको सहयोग राजदूतले हस्तान्तरण गनुभएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !