११ बैशाख २०८१, मंगलबार

कान कम सुन्ने हिताधिकारीलाई श्रवण यन्त्र उपलब्ध गराइन्छ : सेना


purnachandra thapa

काठमाडौँ, २१ माघ । नेपाली सेनाले कल्याणकारी कोषबाट प्रदान गरिँदै आएको ‘सुविधा र सहुलियत’ विस्तार गर्ने भएको छ । सुविधा विस्तार गर्ने क्रममा सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनका आश्रित परिवारको हितका लागि सबै पृतनामा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाका अनुसार पहिलो चरणमा सेना दिवसका अवसरमा काठमाडौँमा सहुलियत सुपथ पसल सञ्चालन हुनेछ । यसअघि सेनाद्वारा सञ्चालन हुँदैआएको बसुन्धरा क्यान्टिन (सुपथ मूल्यको पसल) बाट बजार भाउभन्दा करिब १० देखि १९ प्रतिशत छुटमा दैनिक उपभोग्य सामग्री उपलब्ध हुँदै आएको छ ।

सैनिक कल्याणकारी बोर्डबाट सुविधा प्राप्त गर्ने व्यक्तिले उत्पादन गरेका सामान बजारीकरणको पनि सेनाले अध्ययन गरिरहेको छ । सैनिक सेवाबाट अवकास प्राप्त सैनिक तथा तिनका विधवा÷विदुरलाई उपलब्ध गराइँदै आएको कल्याणकारी निवृत्तिभरणलाई राष्ट्रिय बीमा संस्थानसँगको सहकार्यमा स्वेच्छिक आधारमा जीवन बीमामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाउन लागेको जानकारी दिइयो ।

सैनिक सेवामा रहँदा घाइते सैनिकका सहयोगीलाई मासिक रु १० हजार निवृत्तिभरण र बहालवाला एवं अवकास प्राप्त सैनिकलाई आवश्यकताका आधारमा औषधोपचार खर्च वार्षिक रु एक लाख १० हजारमा नबढ्ने गरी उपलब्ध गराइने भएको छ । उक्त सुविधाअन्र्तगत कान कम सुन्ने व्यक्तिहरुलाई समेत रु २५ हजार मूल्यसम्मको श्रवण यन्त्र उपलब्ध गराइने छ ।

सैनिक कल्याणकारी कोषबाट सुविधा प्राप्त गर्नेको सङ्ख्या अहिले करिब आठ लाखको हाराहारीमा छ । सेनाले कल्याणकारी कोषबाट स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियतका कार्यक्रममा हिताधिकारीको पहुँच विस्तार गरिरहेको छ ।

हिताधिकारीको जीवनस्तर उकास्ने अभिप्रायले सेनाले विगतमा नेपाल इन्भेस्टमेन्ट बैंकसँगको सहकार्यमा लघुवित्त कार्यक्रम सञ्चालन गर्दैआएको छ । उक्त कार्यक्रममार्फत अहिलेसम्म २७ हजार भन्दा बढी व्यक्तिले चार दशमलव पाँच प्रतिशत ब्याजमा सहुलियतपूर्ण कर्जा प्राप्त गरिसकेका छन् । उक्त कार्यक्रमबाट हिताधिकारीको जीवनस्तर उकास्न ठूलो योगदन पुगेको सेनाले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !