७ बैशाख २०८१, शुक्रबार

भ्रष्टाचारको अनुसन्धान गर्नेहरू आफैँ फन्दामा


अख्तियार दुरुपयोग अनुसन्धान आयोग

पुस १६, काठमाडौं । भ्रष्टाचारको अनुसन्धान गर्नेहरू आफैँ फन्दामा पर्न थालेको छ । भ्रष्टाचारको अनुसन्धान गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गर्ने कर्मचारी आफैं पनि इमान्दार र नैतिकवान छैनन् । आयोगमा कार्यरत अवस्थामै तथा अन्य कार्यालयमा सरुवा भएपछि उनीहरू आफैं अनियमिततामा संलग्न हुने गर्दछन् ।

आयोगका तल्लो तहका कर्मचारीदेखि प्रमुख आयुक्तसम्म भ्रष्टाचारको छानबिनमा तानिएका छन् । आयोगमा सहायक प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका उपसचिव खगेन्द्रप्रसाद रिजाल मंगलबार आयोगकै हिरासतमा पुगेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

दोलखाको प्रमुख जिल्ला अधिकारीका रुपका कार्यरत रहँदा अभद्र व्यवहार मुद्दाका अभियुक्तहरूलाई धरौटीमा रिहा गर्न उनीहरूसँग घुस लिई भ्रष्टाचार गरेको आरोपमा छानबिन गर्न आयोगले उनलाई नियन्त्रणमा लिइएको हो । मिडियामार्फत उनको घुसकाण्ड सार्वजनिक भएपछि आयोगले छानबिन थालेको थियो ।

गत वर्ष २० असोजमा महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालीन डिएसपी श्यामकुमार राईलाई अख्तियारले नियन्त्रणमा लियो । राई एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेको दाबी आयोगले गरेको थियो । २८ कात्तिक ०७५ मा आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, राईले भने आफ्नो कार्यकक्षमा आएर केही व्यक्तिले घर्रामा पैसा छाडिदिएर गएको दाबी गरेका थिए । विशेष अदालतले गत २७ मंसिरमा राईलाई सफाइ दिएको छ । उनी करिब तीन वर्षअघि अख्तियारमै ‘स्टिङ अपरेसन टोली’ मा थिए । रंगेहात पक्राउको घटनामा समेत सफाई दिएपछि आयोगले राईविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !