१३ बैशाख २०८१, बिहिबार

महरालाई थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर


पुस ३, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा थुनामै रहने भएका छन् । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई नै सदर गरेको छ ।

बिहीबार न्यायाधीशहरु नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले महराले गरेको पुनरावेदनको निवेदनमाथि सुनुवाई गर्दै जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो । तत्कालिन सभामसुख महरा बलात्कारको आरोपमा पक्राउ परेपछि थुनामै रहेका छन् ।

थुना आदेश गैरकानुनी रहेको दावी सहित महराले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनले साधारण तारेखमा बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका थिए । महराको निवेदनमा सुनुवाइपछि जिल्लाको आदेश सदर भएपछि बिहीबार साँझ महरालाई सदरखोर डिल्लीबजारमै लगिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !