८ बैशाख २०८१, शनिबार

गृहमन्त्रीले लगाए सागवाट पाएको दौरा–सुरुवाल, अर्थमन्त्रीद्वारा अस्वीकार


१७ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजक समितिले मन्त्रीसहित ४० जना भिआइपीलाई निःशुल्क दौरा–सुरुवाल वितरण गरेका छन् । सागका लागि विनियोजित बजेटबाट छालाको कालो जुत्ता, मोजा र टोपीसमेत पाएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले भने खेलकुदको पैसा दुरुपयोग भएको भन्दै दौरा–सुरुवाल अस्वीकार गरेका छन् । तर नेपाली खेलाडीले दौरा–सुरुवालमा मार्चपास्ट गर्ने भनिएपनि क्रिकेट खेलाडीका लागि दौरा–सुरुवाल सिलाउन नभ्याइएको भन्दै उखेलाडीहरूलाई ट्र्याक–सुटमै हिँडाइएको थियो । मन्त्री भएर शपथ खाँदासमेत दौरा–सुरुवाल नलगाएका गृहमन्त्री रामबहादुर थापा बादलले निःशुल्क वितरण गरेको दौरा–सुरुवाल भने लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !