७ बैशाख २०८१, शुक्रबार

‘लिपुलेक हाम्रो हो’ भन्ने नारासहित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन


२२ कात्तिक, काठमाडौं । भारतले हालै सार्वजनिक गरेको नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिएपछि नेपालमा निकै ठुलो तरङ्ग पैदा भएको छ । विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले नेपाली भू-भाग अतिक्रमण गरेको भन्दै काठमाडौंस्थित भारतीय दूतावास अगाडी आन्दोलन गरिरहेका छन् ।

यसरी विद्यार्थी संगठन विरोद प्रदर्शन गरिरहँदा सत्तारुढ नेकपाका विद्यार्थी संगठन अनेरास्ववियूले पनि लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा भारतको विवादित नक्सा जलाएका थिए । ‘लिपुलेक हाम्रो हो’, ‘कालापानी हाम्रो हो’ लेखिएका प्लेकार्ड सहित नाराबाजी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !