१२ बैशाख २०८१, बुधबार

मसल्स एण्ड फिटनेस सेन्टरको १४ औ बार्षिकोत्सव सम्पन्न


मसल्स एण्ड फिटनेस सेन्टर बार्षिकोत्सव

१९ भदौं, काठमाडौं । मसल्स एण्ड फिटनेस सेन्टर (Muscles and Fitness Center) को १४ औ बार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । काठमाडौँको मुटु काठमाडौँ महानगरपालिका-३१, मध्य वानेश्वरमा रहेको उक्त फिटनेस सेन्टरको बार्षिकोत्सव हरेक वर्षको भाद्र १५ गते पर्दछ ।

गएको भाद्र १५ गते भएको इन्टर क्लव मेम्वर (Inter Club Member) बडी बिल्डिंग कम्पिटिसन (Body Building Competition) मा ९ जना प्रतिस्पर्धीले भाग लिएका थिए । पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । जसमा निशान राई पहिलो, रविन गुरुङ दोस्रो र बिकास शाही तेस्रो भएका थिए । गेष्ट पोजर (Guest Poser) को रुपमा बडी बिल्डिंर तथा प्रशिक्षक शुवर्ण खड्काले बडी सो (Body Show) गरेका थिए ।

बडी बिल्डिंग कम्पिटिसन

साथै सो बार्षिकोत्सवको उपलक्ष्यमा इन्टर क्लव मेम्वर फुटसल (Futsal) पनि भएको थियो । जसमा ६ वटा टीमले भाग लिएका थिए भने पहिलो र दोस्रो हुने टीमलाई नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

फुटसल

बडी बिल्डिंगको क्षेत्रमा २५ बर्षको लामो अनुभव बोटल्नु भएका संचालक तथा प्रशिक्षक रघुमान श्रेष्ठका अनुसार यस फिटनेस सेन्टरमा जिम तथा कार्डियोका लागि चाहिने सम्पूर्ण मेशीनहरु उपलव्ध छन् । साथै यस फिटनेस सेन्टरमा बडी बिल्डिंग गरेका धेरैले मिस्टर नेपाल, मिस्टर हिमाल, मिस्टर काठमाडौँमा पदक हासिल गरिसकेका छन् । उक्त फिटनेस सेन्टरले समय-समयमा यस्ता प्रतियोगिताहरु आयोजना गरेर उत्कृष्ठ ठहरिएका खेलाडीहरुलाई स्तरको प्रतियोगितामा समेत सहभागी गराउदै आई रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !