१३ बैशाख २०८१, बिहिबार

राससकर्मी वाग्लेको बिदाइ


Rss

२७ असार, काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) मा ३९ वर्ष सेवा गरी आजदेखि अवकाशप्राप्त कर्मचारी कृष्णप्रसाद वाग्लेको बिदाइ भएको छ ।

केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँलाई राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले सम्मानसहित बिदाइ गर्नुभयो ।

विसं २०३६ मंसिर १२ गते रासस सेवामा प्रवेश गर्नुभएका वाग्ले रासस प्रदेश नं १ को विराटनगरस्थित कार्यालयमा सहायकस्तर (पाँचौँ तह) मा कार्यरत हुनुहुन्थ्यो ।

सो अवसरमा अध्यक्ष श्यामलले लामो समय सेवा गरेका कर्मचारीको योगदानका कारण संस्था बचेको उल्लेख गर्दै वाग्लेको भावी जीवनको सफलताको कामना गर्नुभयो ।

कानूनी व्यवस्थाका कारण कार्यालयबाट बिदाइ गर्नु परे पनि रासस र अवकाशप्राप्त कर्मचारीबीचको आपसी सम्बन्ध सुमधुर रहिरहने विश्वास व्यक्त गर्नुभयो ।

राससका महाप्रबन्धक ओपेन्द्र शर्माले अप्ठ्यारा दिनमा विगतका कर्मचारीले दिनुभएको योगदान उल्लेखनीय रहेको चर्चा गर्दै कार्यालय र कर्मचारीको सम्बन्ध नङ र मासुजस्तै रहेको बताउनुभयो ।

कार्यालयका तर्फबाट अध्यक्ष श्यामल, महाप्रबन्धक शर्मा र नायबमहाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले संयुक्तरुपमा ‘मायाको चिनो’ प्रदान गर्नुभयो ।

यसैगरी, रासस कर्मचारी युनियनका सल्लाहकार प्रकाश सिलवाल, रासस कर्मचारी संघका अध्यक्ष मनोज लामिछाने र नेपाल राष्ट्रिय कर्मचारी संगठन, राससका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले पनि ‘मायाको चिनो’ प्रदान गर्नुभयो ।

मोरङको विराटनगर महानगरपालिका वडा नं १, शान्तिचोक निवासी वाग्लेले आफू राससको सेवाबाट सन्तुष्ट रहेको भन्दै संस्थाको जीवन्तताको कामना गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !