७ बैशाख २०८१, शुक्रबार

परियत्ति विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न


debate

२३ वैशाख, काठमाण्डौ । परियत्ति शिक्षा अध्यापन हुने काठमाडौं उपत्यकाका आठ वटा केन्द्रका विद्यार्थीहरुबीच शनिबार ३० औँ परियत्ति वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो ।

प्रतियोगितामा मातापिताको महत्व विषयमा बोल्नुहुने जगतसन्दर परियत्ति केन्द्र, लखुतीर्थ काठमाडौँका रिजा महर्जन प्रथम हुनुभयो । त्यसैगरी, शाक्यसिंह परियत्ति तथा प्रौढ शिक्षालय, ललितपुरका तिरिशा शाक्य र नकबहिल बौद्ध परियत्ति केन्द्रका पूर्णिमा शाक्य तृतीय हुनुभयो । उहाँहरुले क्रमशः अनात्म लक्षण सूत्र र मातापिताको महत्वबारे बोल्नुभएको थियो ।

विजेताहरुलाई भिक्षु बोधिज्ञान र परियत्ति वक्तृत्वकला प्रतियोगिता सञ्चालक समितिका मुख्य संरक्षक मोतिलाल शिल्पकारले प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

अन्य प्रतियोगीहरुमा जयमंगल विहार ललितपुरका निर्मला ताम्राकार, वाइएमबिए परियत्ति केन्द्र ललितपुरका सुनिता शिल्पकार, श्रीबच्छ परियत्ति केन्द्र ललितपुरका हेरादेवी शाक्य, दीपंकर परियत्ति शिक्षालय ललितपुरका निश्चल राज शाक्य र करुणा बौद्ध परियत्ति केन्द्र मातातीर्थका सरला डंगोल हुनुहुन्थ्यो ।

सञ्चालक समितिका अध्यक्ष तथा समाजसेवी शिल्पकारले ३१ औँ प्रतियोगिता आयोजना गर्ने जिम्मा पाएका दीपावती बौद्ध परियत्ति केन्द्र, गुइत ललितपुरका केन्द्राध्यक्ष इन्द्रकुमारी शाक्यलाई पालो हस्तान्तरण गर्दै प्रमाणपत्र पनि प्रदान गर्नुभएको थियो । तीसौँ प्रतियोगिता आयोजना गर्ने जिम्मा युवा बौद्ध समूह, काठमाडौँले पाएको हो ।

बुद्ध धर्मको अध्ययनमा अभिरुचि बढाउन र नेतृत्व विकास गर्न परियत्ति विद्यार्थीहरुमाझ यो प्रतियोगिता विसं २०६६ देखि सञ्चालन हुँदै आएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !