८ बैशाख २०८१, शनिबार

शिक्षामा विकासको दृष्टि आवश्यक : शिक्षा मन्त्री पोखरेल


girirajmani-pokhrel

१३ वैशाख, भक्तपुर । शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले बिहीबार भक्तपुरमा भोकेशनल एकेडमीको उद्घाटन गर्दै शिक्षामा विकास भएमात्रै मुलुकको विकाश सम्भव हुने बताएका छन् ।

उनले भने, ‘शिक्षामा सुशासन कायम हुन जरुरी छ, नत्र सफलता मिल्दैन ।’ सरकारी क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्र मिलेर प्राविधिक र व्यवसायीक शिक्षामा काम गर्नु पर्नेमा मन्त्री पोखरेलले जोड दिए ।

मन्त्री पोखरेलले भने, ‘स्थानीय क्षेत्रको आवश्यकता र समुदायमा आधारित प्राविधिक शिक्षा सञ्चानल अहिलेको आवश्यकता छ ।’ नेपालमा रहेको विद्यमान बेरोजगारी समस्या समाधानको लागि सिपयुक्त प्राविधिक सबै स्थानीय तहमा पु¥याउन सरकार तयार रहेको पनि मन्त्री पोखरेलको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !