१३ बैशाख २०८१, बिहिबार

मुलुकको नवनिर्माणमा सूचना प्रविधिको सही प्रयोग गर्न मन्त्री बास्कोटाकाे आह्‍वान


Gokul

१३ वैशाख, काठमाण्डौ । सञ्‍चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले बिहीबार काठमाण्डौमा आयोजित सूचना प्रविधि सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको नवनिर्माणमा सूचना प्रविधिको सही प्रयोग गर्न आह्वान गरेका छन् ।

उनले सूचना प्रविधिको सही सदुपयोग नभए हुँर्कदो पुस्ता विनाशतर्फ लाग्ने भएकाले सवैले सचेत हुन अावस्यक रहेकाे बताए । मन्त्री बास्कोटाले मानव जीवन उपयोगी सूचना प्रविधिको प्रयोग आवश्यक हुने पनि स्पष्ट पारे ।

सूचना प्रविधिको कमीका कारण नभई नेपाली महिलाहरू राजनीतिक-आर्थिक सम्बन्धका कारण पछि परेको समेत स्मरण गराए । राज्यमन्त्री बास्कोटाले सूचना प्रविधिको दुरुपयोग हुन नदिन सरकार सचेत रहेको पनि स्पष्ट पारे । सूचना प्रविधिको सही सदुपयोग आजको मुख्य आवश्यक्ता रहेको उनको भनाइ थियाे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !