१२ बैशाख २०८१, बुधबार

देवः विकास बैंकको ४० प्रतिशत हकप्रद सेयर खुला


Deva Bikas Bank

२६ चैत, काठमाण्डौ । देवः विकास बैंकले सोमबारदेखि ४० प्रतिशत हकप्रद सेयर खुला गरेको छ । साझा विकास बैंक र यूनियन फाइनान्स प्राप्तीपछि कायम चुक्ता पूँजी एक अर्ब ६३ करोड ३२ लाख रुपैयाँको १० बराबर ४ अनुपातमा हकप्रद सेयर खुला गरेको हो ।

फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाकासाथै एनआइबीएल एस क्यापिटल लाजिम्पाट शाखा कार्यालयहरु लगनखेल र पोखरा तथा देव विकास बैंकका सबै शाखा कार्यालयबाट वैशाख ३० गतेसम्म आवेदन गर्नसक्ने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यपिटलले जनाएको छ ।

हकप्रद पूँजीकरणपछि बैंकको चुक्ता पूँजी दुई अर्ब २८ करोड ६५ लाख रुपैयाँ नाघ्नेछ । राष्ट्र बैंकले तेकेअनुसार साढे २ अर्ब चुक्ता पूँजी पुर्याउन बैंकले बाँकी रकम गएको आर्थिक वर्षको नाफाबाट बोनस वितरण गर्नुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !