७ बैशाख २०८१, शुक्रबार

नाडेप लघुवित्तले ४.८ करोडको आइपीओ ल्याउँदै


IPO

२६ चैत, काठमाण्डौ । इक्रा नेपालले नाडेप लघुवित्त बित्तीय संस्थाले जारी गर्न लागेको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)लाई आइपीओ ग्रेड फोर प्लसको ग्रेडिङ प्रदान गरेको छ ।

यसको अर्थ यो कम्पनीको बित्तीय अवस्था औसत भन्दा तल भन्ने हो ।

यो कम्पनीले निकट भविष्यमै ४ करोड ८० लाख मूल्य बराबरको आइपीओ निश्कासन गर्न लागेको छ ।

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !