७ बैशाख २०८१, शुक्रबार

सनराइज बैंकको एकैदिन २ शाखा बिस्तार


sunrise bank

२६ चैत, काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आइतबार रौतहटको दुर्गाभगवती गाउँपालिका र जुम्लाको गुठीचौर गाउँपालिकामा आफ्ना दुईवटा नयाँ शाखाहरु बिस्तार गरेको छ ।

दुर्गाभगवती गाउँपालिकामा गाउँपालिका अध्यक्ष अरुणकुमार शाह र बैंकका नायब महाप्रबन्धक अपछकुमार यादबले संयुक्त रुपमा उद्घाटन गरे । यस्तै, गुठीचौर गाउँपालिकामा गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी र बैंकका नायब महाप्रबन्धक रविन नेपालले संयुक्त रुपमा उद्घाटन गरे ।
हाल सनराइज बैंकले मुलुकभर आफ्नो ७८ वटा शाखा, ९५ वटा एटिएम, २० वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्वारा आधुनिक एवम् सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल पनि रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !