७ बैशाख २०८१, शुक्रबार

खुल्यो राधी विद्युतको शेयर कारोबार


Radhi

१२ चैत, काठमाण्डौ । राधी विद्युत कम्पनी (Radhi Bidhyut Company) को साधारण शेयरको कारोबार खुल्ला भएको छ ।  नेपाल स्टक एक्सचेञ्जले कम्पनीको पहिलो शेयर कारोबारको लागि १ सय ३९ रुपैयाँ ६६ पैसा देखि ३९७ रुपैयाँ ९८ पैसा मूल्य रेञ्ज प्रदान गरेको छ ।

कम्पनीको ४१ लाख कित्ता शेयर गत आइतबार नेप्सेमा सुचीकृत भएको थियो । कम्पनीको शेयर कारोबार RADHI बाट गर्न सकिनेछ ।

पुस ३ गतेदेखि पुस ६ गतेसम्म साधारण शेयर निष्कासन गरेको राधी विद्युतले माघ ३ शेयर बाँडफाँड गरेको थियो । कम्पनीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५५० कित्ता शेयर निष्काशन गरेकोमा १० हजार १०२ आवेदकले गोला प्रथाद्धारा १० कित्ता तथा एक आवेदकले ११ कित्ताका दरले शेयर प्राप्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !