१३ बैशाख २०८१, बिहिबार

बुहारी आवाजको सहयोगमा ४० परिवारलाई खाद्य सामग्री


chamall

पाल्पा । बगनासकाली गाउँपालिका–६ यम्घामा विपन्न दलित परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ । नेपाल आर्याल्याण्ड समाजको आर्थिक सहयोगमा मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको आयोजनामा यहाँ दैनिक मजदूरी गर्ने ४० दलित परिवारलाई चामल, दाल, नून र चिउरा वितरण गरिएको छ ।

संस्थाका प्रदेश संयोजक लता खड्काले कोरोनाका कारण रोजगारीका अवसरबाट व्ञ्चित हुनुपरेको परिावारका लागि चामल, दाल, नून, चिउरालगायत गरी रु ८५ हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेको जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले कोरोनाका कारण रोजगारीका अवसर गुमाएका परिवारमा आर्थिक समस्या बल्झिएको र त्यस्ता परिवारमा जीविकोपार्जनमा समस्या देखिएकाले यो कार्यक्रमले सहयोग पुगेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !