७ बैशाख २०८१, शुक्रबार

उद्योग वाणिज्य सङ्घद्वारा स्वास्थ्य सामग्री प्रदान


मास्क

म्याग्दी । म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापनाको ५०औँ वर्ष पूरा गरेका अवसरमा जिल्ला अस्पताल, स्थानीय तह, बालगृह र पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

बेनी अस्पताल, छ स्थानीय तह, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा र बालगृहलाई रु एक लाख ७० हजार मूल्य बराबरको मास्क, स्यानिटाइजर र पञ्जा सहयोग गरेको हो । कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

महासङ्घका केन्द्रीय सदस्य कुवीरकुमार श्रेष्ठ, महासङ्घका पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठ, सङ्घका निवर्तमान अध्यक्ष उत्तम कर्माचार्य, पूर्वअध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, मानार्थ सदस्य नैनकुमार श्रेष्ठलगायत सङ्घका पदाधीकारीले सामग्री हस्तान्तरण गर्नुभएको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन चिकित्सक दिवान कार्की, नेपाल बालङ्गठनका सभापति राजेश शाक्य, महासङ्घका अध्यक्ष प्रकाश पौडेललाई सामग्री हस्तान्तरण गरिएको थियो ।

सङ्घको पालिकास्तरमा रहेका इकाइमार्फत स्थानीयलाई सामग्री उपलब्ध गराइने सङ्घका महासचिव अमित बानियाँले बताउनुभयो । विसं २०२७ साउन १७ गते स्थापना भएको सङ्घले स्वर्ण वर्षका अवसरमा पछिल्लो एक वर्षयता विभिन्न कार्यक्रम गरेको थियो । सोही अवसरमा प्रवेशद्वारका रुपमा रहेको कालीपुल बसपार्कमा शिवको मूर्तिसहितको स्तम्भ निर्माण गरेको छ । दुई हजारभन्दा बढी सदस्य रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घ जिल्लामा निजी क्षेत्रको छाता सङ्गठनका रुपमा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !