८ बैशाख २०८१, शनिबार

नागरिक दैनिकले तीन वर्षदेखि पारिश्रमिक नदिएको भन्दै पत्रकारहरूको धर्ना


धर्ना

नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकसँग आवद्ध ती पत्रकारले तीन वर्षदेखि काम गरेको पारिश्रमिक नदिएपछि धर्नामा बस्नुपरेको बताएका छन्।

बुधबारबाट ती पत्रकारले कार्यालय समयबाट धर्ना दिइरहेका छन् । स्रोतका अनुसार धर्नामा बस्ने पत्रकारमध्ये पाँचथरका नेपाल पत्रकार महासंघ अध्यक्ष गिरिराज बाँस्कोटा र सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्री पनि छन्।

स्रोतका अनुसार धर्नाअघि इमेल, जिल्ला ब्युरो, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, रिपब्लिक मिडियाको मानव संशाधन शामा बोदार्थ गरिएको थियो। ध्यानाकर्षण पत्रमा साउन १० गतेभित्र सबै पारिश्रमिक भुक्तानी नगरिए ११ गतेबाट कार्यालयमा धर्ना एवम् तालाबन्दी लगायतको कार्यक्रम गर्ने जानकारी गराइएको थियो।

स्रोतका अनुसार धर्ना सुरू गर्नुअघि भेट्दा प्रधान सम्पादक लुइँटेलले किस्ताबन्दीमा पैसा दिने भनी आश्वस्त पार्न खोजेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !