१२ बैशाख २०८१, बुधबार

‘युवा दुव्र्यसनीमा होइन, उद्यममा लाग्नुपर्छ’


यज्ञबहादुर बुढाक्षेत्री

कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवालाई उद्यममा लाग्न आग्रह गर्नुभएको छ । विश्व हेपाटाइटिस दिवसका अवसरमा बुधबार रिकभरिङ नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले युवा घर,समाज र मुलुक निर्माणको महत्वपूर्ण संवाहक भए पनि पछिल्लो समय युवा लागुऔषध दुव्र्यसनीको शिकार बन्दै गएका र यसबाट समाजलाई ठूलो क्षति पुग्ने बताउनुभयो ।

युवालाई उद्यममा अग्रसर गराउन सके सरकारले सहुलियत कर्जा, ब्याजमा अनुदानजस्ता युवामैत्री कार्यक्रम अघि सारेको छ भन्दै मन्त्री बुढाक्षेत्रीले हरेक क्षेत्रमा पछि परेको कर्णालीका युवा उद्यमतर्फ लागे प्रदेश सरकार र आफ्नो मन्त्रालय सहयोग र समन्वय गर्न तयार रहेको जानकारी जानकारी दिनुभयो । लागुऔषध प्रयोगकर्ता र उपचार तथा क्षति न्यूनीकरण सेवादायी संस्थाहरुको सञ्जाल भएकाले युवा लक्षित कार्यक्रममा समन्वय गर्न आफूहरु तयार भएको रिकभरिङ नेपालका कर्णाली प्रदेश अध्यक्ष ललित भट्टराईले जनाउनुभयो ।

रिकभरिङ महासङ्घले विश्वभर ११ करोडभन्दा बढी व्यक्तिले सुईबाटै लागुऔषध सेवन गर्ने गरेको अनुमान गरेकोे र त्यीमध्ये झण्डै आधामा हेपाटाइटिस ‘सी’ हुनसक्ने भएकाले सरोकारवालाले बेलैमा ध्यान नपु¥याए ठूलो समस्या आउन सक्ने जनाएको छ ।

वडापालिकामा इसिजी र भिडियो एक्सरे सेवा शुभारम्भ

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतस्थित लाटीकोइली स्वास्थ्य चौकीमा इसिजी तथा भिडियो एक्सरे सेवा शुरु गरिएको छ । नगरप्रमुख देवकुमार सुवेदीले बुधबार सो सेवा शुभारम्भ गर्दै स्रोत साधन र दक्ष कामदारको अभावमा पनि यस स्वास्थ्यचौकीले माथिल्लो स्तरको सेवा प्रवाह गरिरहेको बताउनुभयो ।
उपप्रमुख मोहनमाया ढकालले आफूहरु निर्वाचित भएर आएदेखि नै स्वास्थ्य सेवालाई नै पहिलो प्रथामिकतामा राखिएको जानकारी दिनुभयोे ।
स्वास्थ्यचौकीले शुभारम्भ गरेको विशेषज्ञ स्वास्थ्य सेवाबाट सात हजार २२७ जना लाभान्वित हुने वडा कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !