१२ बैशाख २०८१, बुधबार

‘टेलिमेडिसिन’ सेवा शुरु


टेलिमेडिसिन ??????????????????????????????????????????????????????????

बलेवा । बागलुङमा अन्तरराष्ट्रियस्तरको ‘टेलिमेडिसिन’ सेवा शुरु भएको छ । बेलायतमा रहेका विभिन्न सङ्घसंस्था र अन्तरराष्ट्रिय बागलुङ समाजको सहयोगमा बागलुङ नगरपालिकाले ‘टेलिमेडिसिन’ सेवा शुरु गरेको हो ।

बागलुङ नगरपालिकामा रहेको नगरस्वास्थ्य शाखाबाट सेवा सुचारु गरिएको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । शुक्रबार नगरप्रमुख जनकराज पौडेलले ‘टेलिमेडिसिन’ सेवा शुभारम्भ गर्नुभएको छ ।

तत्कालका लागि सदरमुकाममा खुलेको ‘टेलिमेडिसिन’ सेन्टर विस्तारै दुर्गम गाउँका स्वास्थ्य चौकीमा विस्तार गरिने पौडेलले बताउनुभयो । जटिल प्रकारका समस्या ‘टेलिमेडिसिन’का माध्यामबाट समाधान गरिने लक्ष रहेको प्रमुख प्रशसकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । अनलाइनमार्फत विदेशी विशेषज्ञ चिकित्सकलेसमेत उपचार तथा परामर्शमा सहभागी हुनेछन् ।
नगरपालिका, एनआरएन युके, स्वीनफेन च्यारिटेबल ट्रष्ट बेलायत, अन्तरराष्ट्रिय बागलुङ समाज र चार भञ्ज्याङ तमु समाज बेलायतको संयुक्त सहकार्यमा नगरपालिकामा ‘टेलिमेडिसिन’ सेवा सुरु भएको हो । अन्तरराष्ट्रिय बागलुङ समाजका कार्यालय प्रमुख सुरेन्द्र कँडेलले भन्नुभयो “कागजात पेश भएको एक घण्टामा चिकित्सकले सल्लाह, निदानको उपाय र औषधिको विषयमा जानकारी गराउनुहुन्छ ।”

वर्षको एक पटक चिकित्सकले बिरामीको प्रत्यक्ष जाँच र रोगको खोजपड्ताल गर्ने उहाँले बताउनुभयो । पर्वतको फलेवास नगरपालिकामा सञ्चालनमा रहेको ‘टेलिमेडिसिन’ सेवा प्रभावकारी देखिएको भन्दै सोही नक्कल गर्दै बागलुङमा सेवा थालिएको हो । कार्यक्रम प्रभावकारी भएमा जिल्लाको ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिकालगायतका स्थानसमेतमा ‘टेलिमेडिसिन’ शुरू गरिने अन्तरराष्ट्रिय बागलुङ समाजका कार्यालय प्रमुख कँडेलले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !