८ बैशाख २०८१, शनिबार

स्वास्थ्यकर्मीको सुरक्षार्थमा पूर्वसाबधानी अपनाईंदै


कोरोना सङ्क्रमणबाट मृत्यु

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमितको उपचारमा संलग्न जिल्लाका स्वास्थ्यकर्मीमाथि हुनसक्ने गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न पूर्वसावधानी अपनाइने भएको छ । अन्य जिल्लामा कोरोनाका बिरामीको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)को आजको बैठकले उक्त निर्णय गरेको हो ।

कोरोनाका बिरामीको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि हुनसक्ने गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न पूर्वसावधानी अपनाउन जरुरी देखिएकाले निर्णय गरी सुरक्षा योजना बनाउन थालिने केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । उहाँका अनुसार जिल्लास्थित स्वास्थ्य तथा सुरक्षा निकायका प्रमुखको छलफलमा स्वास्थ्यकर्मी–सुरक्षा योजना बनाइनेछ ।

सुरक्षायोजनाअन्तर्गत फ्रन्टलाईनमा खट्ने सबै स्वास्थ्यकर्मीलाई पूर्व–साबधानीका उपायबारे जानकारी दिइनेछ । “फ्रन्टलाईनमा खट्ने स्वास्थ्यकर्मीको सुरक्षा पनि प्रमुख विषय रहेकाले सुरक्षा योजना बनाउन आवश्यक देखियो” उहाँले भन्नुभयो । यसैबीच आगामी केही महिनामा कोरोनाको सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षपण गरिएअनुसार जिल्लास्थित अस्पताललाई २०५ श्यया छुट्याउन लगाइने भएको छ । धुलिखेल अस्पताल, मेथिनकोट अस्पताल, बनेपास्थित शिरमेमोरियल र भोमी अस्पताललगायतलाई प्रारिम्भक चरणका २०५ श्यया छुट्याउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा.नरेन्द्र झाले जानकारी दिनुभयो ।

साथै केन्द्रले कोरोनाका बिरामीको जीवन रक्षाको लागि साउदी अरबस्थित काभे्र सेवा समाजबाट प्राप्त १२ अक्सिजन कन्र्सटे«टर, दक्षिण कोरियास्थित काभ्रे सम्पर्क समितिबाट प्राप्त २६ थान अक्सिजन सिलिण्डरर २६ थान पिपिईसेट यहाँका स्थानीय तहमा सञ्चालित ११ स्वास्थ्य संस्थामा आवश्यकता अनुसार पठाइने निर्णयसमेत गरेको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !