७ बैशाख २०८१, शुक्रबार

नेपाल टेलिकमकाे ‘होली अफर’ सार्वजनिक


Nepal-Telecom-central-office-Ntc-offer-750x430

१७ फागुन, काठमाडौं। नेपाल टेलिकमले फागु पूर्णिमा (होली पर्व)को अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ।
टेलकमका प्रवक्ता प्रतिभा बैद्यद्वारा बुधबार जारी विज्ञप्तिमा जीएसएम मोबाइलका ग्राहकले ‘होली अफर’ उपयोग गर्न सक्ने उल्लेख गरिएको छ। कम्पनीका ग्राहकले आगामी फागुन १७ गतेदेखि चैत १ गतेसम्म अफर उपभोग गर्न पाउनेछन् । हाेली अफर यस्ता छन् ।

अनलिमिटेड भ्वाइस नाइट कल

यश अफरअन्तर्गत टेलिकमले राति १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस नाइट कल अफर उपलब्ध गराउने भएको छ। सो अफर ३५ रुपैयाँमा खरिद गर्न सकिने छ र ३ दिनसम्म कल गर्न सकिने छ ।

अनलिमिटेड अल टाइम डाटा

त्यसैगरी ५० रुपैयाँमा अल टाइम अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । डाटा खरिद गरेको २४ घण्टा सम्म यसको प्रयोग गर्न सकिन्छ । १ जीबी डाटा थ्रिजी/फोरजीको गतिमा चल्ने छ। त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ ।

अनलिमिटेड नाइट डाटा

एक रातका लागि मात्र प्रयोग गर्नका लागि अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध हुनेछ। सो नाइट डाटा प्याक १५ रुपैयाँमा राति १० देखि विहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ। १ जीबी डाटा थ्रिजी/फोरजीको गतिमा चल्ने छ। त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ।

अनलिमिटेड भ्वाइस,डाटा र एसएमएस

अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर खरिद गरेपछि एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न र डाटा चलाउन सकिने छ। सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ।

होली अफरका विभिन्न प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट *१४१५# डायल गर्न सकिने टेलिकमले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !