७ बैशाख २०८१, शुक्रबार

चैते अष्टमीको सार्वजनिक बिदा


चैते दशैँ

बझाङ । खप्तडछान्ना गाउँपालिकामा आज चैते अष्टमीका अवसरमा सार्वजनिक बिदा दिइएको छ । चैते शुक्ल अष्टमीका दिन मनाइँदै आएको चैते अष्टमी पर्वका अवसरमा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले यही वैशाख ५ गते गाउँकार्यपालिकाले गरेको निर्णयानुसार सार्वजनिक बिदा दिइएको बताउनुभयो ।
रोकायाका अनुसार गाउँपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम सूचना प्रकाशन गरी सबैमा जानकारी गराइएको छ । गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पुन ः फैलिएकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नाका साथै सामाजिक दूरी कायम गरी भीडभाडमा नजानसमेत आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !