८ बैशाख २०८१, शनिबार

यसवर्ष पनि विक्रमबाबा मेला स्थगन


विक्रमबाबा मेला

चितवन । हरेक वर्ष चैते दशैँका अवसरमा लाग्ने विक्रमबाबा मेला यस वर्ष पनि बन्द गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने सो मेला कोरोनाका जोखिमका कारण बन्द भएको हो । सरकारले २५ भन्दा बढीको भेला हुने कार्यक्रम नगर्न निर्देशन जारी गरेसँगै गत चैत ३१ गतेदेखि शुरु भएको सो मेला बन्द गरिएको हो ।

कोरोनाको सङ्क्रकणको जोखिम रहेकाले यस वर्ष पनि मेला बन्द गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । गत वर्ष कारोना जोखिका कारण सो मेला स्थगन गरिएको थियो । विक्रमबाबा मेलामा भक्तजनका निकै भीड लाग्ने र यसले थप कोरोनाको जोखिम बढाउने हुँदा दुई वर्षदेखि मेला बन्द गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

चैते दशैँलाई लक्षित गरी हरेक वर्ष चैत्र औंँसीदेखि पूर्णिमासम्म मेला लाग्ने गथ्र्यो । विक्रमबाबाको पूजा परापूर्व कालदेखि थारु जातीले गर्ने भए पनि पछिल्लो समय अन्य जातजातीको पनि यसमा आस्था बढ्दै गएको थियो ।

विक्रमबाबामा दर्शन गर्नाले सन्तान प्राप्ति र सुखलगायत मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । चैते दशैंमा हजारांै भक्तजनले विक्रमबाबा दर्शन गर्ने र पशुपक्षी बलि दिने गर्दथे । किम्बदन्तीअनुसार विक्रम नाम गरेको आदीवासी (गुरौ) बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ति र मनोकामना पूरा हुने विश्वास छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !