६ बैशाख २०८१, बिहिबार

टिपर तथा ट्रक व्यवसायी समितिको अध्यक्षमा दिलबहादुर


truck

काठमाडौँ । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको अध्यक्षमा दिलबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । समितिको नवौँ वार्षिक साधारसभा तथा छैटौँ राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष, प्रथम उपाध्यक्ष, तृतीय उपाध्यक्ष र सहकोषाध्यक्षबाहेक अन्य पदमा निर्वाचन भएको थियो ।

समितिको वरिष्ठ उपाध्यक्षमा सुमन वोगटी, प्रथम उपाध्यक्षमा शिव ओझा, द्वितीय उपाध्यक्षमा अमर श्रेष्ठ, तृतीय उपाध्यक्षमा राजु सन्याल, सचिवमा हेमराज श्रेष्ठ, सहसचिवमा राजन श्रेष्ठ र कोषाध्यक्षमा प्रदीप बस्नेत विजयी हुनुभएको छ ।

यस्तै, सहकोषाध्यक्षमा मनोज कार्की, सचिवालय सदस्यमा हरि पाठक, कुमार श्रेष्ठ, राजु रेग्मी, आनन्द राजथला र साजन पौडेल विजयी हुनुभएको हो । यस्तै सदस्यमा प्रेमबहादुर बानियाँ, राजु पौडेल, शम्भु पौडेल, सुवास अधिकारी, सुरज खतिवडा, प्रमोद थापा, विष्णु कार्की, सविनकुमार राई, रविन्द्र सन्याल र धर्म गोपाली निर्वाचित हुनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !