७ बैशाख २०८१, शुक्रबार

खोटाङ्ग कुवेत सम्पर्क मंचद्वारा पिडितलाई आर्थिक सहयोग


money helps

१५ माघ, कुवेत । खोटाङ्ग कुवेत सम्पर्क मंचद्वारा पिडितलाई आर्थिक सहयोग प्रदान गरेको छ । खोटाङ्ग जिल्ला मात्तिमबिर्ता गाउँ विकास समिती वार्ड नं. ४ (हाल साकेला गाउ पालिका वार्ड नं. ४ का जीवनप्रसाद भट्टराई विगत केहि वर्षदेखि कुवेतमा कार्यरत गर्दै आएका भट्टराईलाई सन् १-१-२०१७ को दिन आफ्नै कम्पनीमा कार्यरत शुरेश ग्याबा तामाङ्गले छुरा प्रहार गरि हत्या गरिएको थियो । सोहि मृतकको परिवारलाई खोटाङ्ग सम्पर्क मंचले राहत स्वरुप नेरु ५० हजार प्रदान गरेको हो ।

खोटाङ्ग सम्पर्क मंच कुवेतका संस्थापक अध्यक्ष महेन्द्र राई, संस्थाका संस्थापक सचिव रेवती भट्टराई संस्थाका सक्रिय सदस्यहरु देवान खड्का र बमबहादुर खड्काको नेत्रित्वमा मृतको परिवारलाई उक्त राहात प्रदान गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !