१३ बैशाख २०८१, बिहिबार

भारतलाई एक हजार २०० मिटर नहर बनाउन सिँचाइ मन्त्रीकाे अाग्रह


kanchanpur कंचनपुर

७ माघ, कञ्चनपुर । सिँचाइ मन्त्री सञ्जयकुमार गौतमले महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गत टनकपुर बाँधदेखि नेपालको सीमाना सम्मको एक हजार २०० मिटर नहर बनाउन भारतीय पक्षलाई आग्रह गरिएको बताएका छन् । शनिबार टनकपुर बाँधको निरीक्षण गर्दै मन्त्री गौतमले २२ वर्ष अगाडि भएको महाकाली सन्धिअनुसार गरिएका सम्झौता कार्यान्वयन गराउन पहल गर्ने जानकारी दिए ।

महाकाली सन्धिको धारा २ अनुसार टनकपुरमा पूर्वी एफलक्स बाँध निर्माण गर्न नेपाली भूमि प्रयोग गरेको बदलामा नेपालले ३०० क्युसेक पानी सुख्खायाममा र एक हजार क्युसेक पानी वर्षायाममा प्राप्त गर्ने कुरा उल्लेख गरिएको भए पनि प्राप्त नभएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !