६ बैशाख २०८१, बिहिबार

ओलम्पिक कमिटीका अध्यक्षलाई पितृशोक


मृत्यु

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ । निवर्तमान सांसद श्रेष्ठका पिता ९३ वर्षीय पिता कृष्णरामको काठमाडौँ –१५ स्वयम्भू धिमेहोलस्थित आफ्नै निवासमा निधन भएको हो ।

उहाँ मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका दुई छोरा र एक छोरी छन् ।
उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !