१३ बैशाख २०८१, बिहिबार

कुलमान घिसिङलाई बिदाइ गर्दै युनियनका अध्यक्षले भने, “सरकारले पुनः नियुक्ति गर्नेछ भन्ने आशा बाँकी छ”


कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन् । प्राधिकरणले आइतबार कार्यकाल सकिएका घिसिङलाई औपचारिक कार्यक्रम गरेर बिदाइ गरेको जनाएको छ ।

कुलमान घिसिङको कार्यकालमा प्राधिकरणको कायापलट हुने गरी विकास गरेको नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेलले बताए । उनले सरकारले पुनः घिसिङलाई नियुक्ति गर्नेछ भन्ने आशा बाँकी नै रहेको बताए ।

४ वर्षको कार्यकाल पूरा गरेका घिसिङको पुनर्नियुक्तिको चर्चा चलेपनि ऊर्जामन्त्री वर्षमान पुनले लगेको प्रस्तावमा टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी समस्या रहेको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !