nepalpatra.com
प्रस्तावित राजदूत त्रयको संसदीय सुनुवाई प्रक्रिया शुरु
काठमाडौँ, १३ भदौ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले जर्मनी, वेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाई प्रक्रिया अघि बढाएको छ । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव त्रय गेहेन्द्र राजभण्डारी(वेल्जियम र युरोपियन युनियन), तापस अधिकारी (पाकिस्तान) र रामकाजी खड्कालाई जर्मनीका लागि राजदूतमा सिफारिश गरी संसदीय सुनुवाईका लागि पठाएको थियो ।
नेपाल पत्र