७ बैशाख २०८१, शुक्रबार

महिला सङ्घका संस्थापक सभापति सिंहको २४ औं स्मृति दिवस मनाइँदै


विश्वप्रकाश शर्मा

काठमाडौँ, १० भदौ । नेपाल महिला सङ्घकी संस्थापक सभापति मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवस आज नेपाली काँग्रेस र उसका भातृ संस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले गरेको योगदानको स्मरण गरेर समृति दिवस मनाउन लागिएको हो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम भने नराखिएको पार्टी कार्यालयले जनाएको छ ।

संस्थापक सभापति सिंहले नेपालको लोकतान्त्रिक आन्दोलन र महिला आन्दोलनमा पुर्याएको योगदानबारे भर्चुअल रूपमा विचार विमर्श गरिदैछ । काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितमा भर्चुअल विचार विमर्श हुन लागेको नेता सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिनुभयो ।

अघिल्ला वर्षहरुमा काँग्रेसले काठमाडौंको टेकुस्थित सिंहको शालिक रहेको स्थानमा औपचारिक कार्यक्रम गरेर स्मृति दिवस मनाउने गरेको थियो । लौहपुरूष गणेशमान सिंहकी धर्मपत्नीसमेत रहनु भएकी मङ्गलादेवीलाई नेपालको लोकतान्त्रिक आन्दोलनकी निर्भीक योद्धाको रुपमा लिने गरिन्छ । महिलाको हक, हित र अधिकारका लागि सङ्घर्ष गर्नुभएकी उहाँको २०५३ साल भदौ १० गते निधन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !