६ बैशाख २०८१, बिहिबार

तीज मौलिक पहिचानसहित मनाउन राष्ट्रियसभा उपाध्यक्षको आग्रह


शशिकला दाहाल

काठमाडौँ, ५ भदौ । राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले कोरोना भाइरस सङ्क्रमणको महामारीबाट बच्नका लागि घरमै बसेर तीज पर्व मनाउन आग्रह गर्नुभएको छ । हरितालिकाका अवसरमा आज शुभकामना दिँदै उहाँले महामारीबाट बच्न सके चाडपर्व फेरि आउने भएकाले घरमै सुरक्षित भई मनाउन आग्रह गर्नुभएको हो ।

तीज महिलाको स्वतन्त्रता, दिदीबहिनीको भेटघाट र सुखदुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको पर्व भएको उल्लेख गर्दै उपाध्यक्ष दाहालले पछिल्लो समयमा देखिएका सांस्कृतिक एवं आर्थिक विकृतिप्रति सचेत रहँदै तीज मौलिक पहिचानसहित मनाउन सुझाव दिनुभएको छ ।
तीजले महिलालाई एकताबद्ध बनाउन तथा आफ्ना अधिकारप्रति सचेत एवं कर्तव्यप्रति जागरुक बनाउन प्रेरणा प्रदान गर्ने पनि उपाध्यक्ष दाहालले विश्वास व्यक्त गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !