८ बैशाख २०८१, शनिबार

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर भण्डारीलाई नियुक्ति गरेपछि सर्वोच्चले दियो यस्तो आदेश


किशोर श्रेष्ठ

भाद्र ३, काठमाडौँ । सरकारले दुर्गा भण्डारीलाई प्रेस काउन्सिलको कार्यवाहकको जिम्मेवारी तोकेपछि काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्ने भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सरकारले गत साउन २६ गते मन्त्रिपरिषद बैठकबाट प्रेस काउन्सिल नियमावलीको तेस्रो संशोधन गरेर काउन्सिलको सदस्यमा नियुक्त भएकी भण्डारीलाई र्यवाहकको जिम्मेवारी तोकेको थियो ।

नियम ३ मा ‘क’ थपेर प्रेस काउन्सिलमा अध्यक्ष नभएमा सरकारले कार्यवाहक अध्यक्ष तोक्न पाउने नयाँ व्यवस्था गरेको थियो । ऐनमा भने अध्यक्ष नभएका काउन्सिलका पदाधिकारीहरु रहने बोर्डले कार्यवाहक अध्यक्ष तोक्ने व्यवस्था छ ।

सर्वोच्च अदालतको आदेशसँगै सरकारले नै तोकेको कार्यवाहक अध्यक्ष दुर्गा भण्डारीले काम गर्न नपाउने भएकी छन् । त्यसैले गर्दा यसअघिकै कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले निरन्तर काम गर्न पाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !