७ बैशाख २०८१, शुक्रबार

गोंगबु हत्या प्रकरणको आरोपी कल्पनाले गरिन् यस्तो खुलासा


गोंगबु हत्या प्रकरण

काठमाडौँ । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या गरेर सुटकेशमा शव फाल्ने आरोपीलाई सोमबार प्रहरीले चितवनबाट पक्रेर काठमाडौँ ल्याएको छ । दाङका कृष्णबहादुर बोहराको हत्या आरोपीको वास्तविक नाम कल्पना मुडवरी भएको खुलेको छ ।

आफूलाई कल्पना शाही बताउने उनले बोहरासँग सामाजिक सञ्जाल फेसबुकबाट कुरा गर्थिन् । आफूलाई दुःख दिन आएपछि हत्या गरेको आरोपीको भनाइ छ । शव व्यवस्थापनमा चाहिँ उनकी १६ वर्षीया छोरीले सहयोग गरेको खुलेको छ ।

कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट (नशा दिने चक्की) खुवाएको र बलात्कार प्रयास गरेपछि घुँडाले संवेदनशील अंगमा हिर्काउँदा ढलेको कल्पनाको दावी छ । मृत्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको काटेर सुटेकश र जेब्रा झोलामा लगेर सडक किनारमा फालेको कल्पनाको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !