८ बैशाख २०८१, शनिबार

सम्पत्ति विवरण सार्वजनिक नगर्ने प्रदेश संयोजकलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही


सम्पत्ति विवरण

काठमाडौं,२० साउन । संसारकै सबैभन्दा उदाहरणीय काम स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले सम्पत्ति विवरण सार्वजनिक नगर्ने २ वटा प्रदेशका संयोजकलाई साधारण सदस्य समेत नरहने गरी जिम्मेवारीबाट मुक्त गरेको छ ।

यस अघि नै सो अभियानले भ्रष्टाचारको विरोध अभियन्ताहरुले नै शुरुमा आफैँले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने नत्र अभियन्ताहरुले नै स्रोत बिनाको सम्पत्ति कसरी जोडिरहेका छन् भन्दै सम्पत्ति विवरण सार्वजनिक गर्न शुरु गरेको जनाएको थियो ।

अभियानको संगठन विभागका संयोजक सन्तोष अधिकारीद्वारा जारी विज्ञप्तिमा दुई प्रदेश समिति क्रमशः १ नं। र ४ नं। र संयोजकहरुले सम्पत्ति विवरण सार्वजनिक नगरेकोले साधारण सदस्य समेत नरहने गरी पदमुक्त गरिएको बताइएको छ ।

उहाँहरुमध्ये १ नं। प्रदेशका संयोजक रहँदै आएका पारशमणि गेलाल नेपालका विभिन्न स्थानमा विदेशी गाडीहरुको डिलर सञ्चालन गर्दै आएको र प्रदेश नं। ४ का संयोजक रहँदै आएका हिमलाल पराजुली अधिवक्ता रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !