१२ बैशाख २०८१, बुधबार

बन्दाबन्दीलाई सदुपयोग गर्दा …


भीमदत्तनगर, १५ असार । ‘मुख मीठो छ मन कपटी तिम्रो आनाबानी, दिन्नौ कालापनी ।’
‘नेपाली भूमिमा आँखा नलगाउँ, तिम्रो पकडी खस्नै लाग्यो कस्मीर जोगाउँ ।’
‘तराईमा मुसो मन्यौ पिल्लर खनी खनी, लिम्पिया धुरामा आयौं स्याल गिद्ध बनि । कति देखाउँछ छुच्चोपन पनि । कहिले कालापानी, कहिले लुम्बिनी ।

यी सिर्जना दार्चुलाको लिम्पियाधुरा कालापानी क्षेत्रमा भारतले नेपाली भूमिमा सडक निर्माण गरेपछि भीमदत्तनगरस्थित सुदूरपञ्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्राचार्य प्राडा भुपेन्द्र विष्टले तयार गर्नुभयो । उहाँले बन्दाबन्दीमा रचना गरेको ती शब्दलाई भिडियो बनाइ फेसबुकमा पोष्ट गर्दै भूमि अतिक्रमणप्रति सचेत गराउँदै आउनुभयो ।

भिडियोले उहाँलाई चर्चाको शिखरमा पु¥यायो । राष्ट्रिय भावनाले ओतप्रोत रचना तयार गरेर भूमि अतिक्रमणप्रति खबरदारी गर्दै उहाँले धेरै रचना यो अवधीमा सार्वजनिक गर्नुभयो ।

“कालापानीका विषय समेटिएको गीत बनाएर पोष्ट गर्दा हजारौंले हेर्नुका साथै साढे ६ सयले शेयर समेत गरे ।” उहाँले रासससित भन्नुभयो “अहिले फ्लोअर र फोन गर्ने धेरै बढेका छन् ।”कक्षा–८ पढ्दादेखि नै रामलिलामा अभियान गर्दै आउनुभएका उहाँ भीमदत्तनगरमा २०५७ सालदेखि अध्यापन पेशामा हुनुहुन्छ ।

अन्य क्षेत्रसँगै शैक्षिक क्षेत्र पनि लकडाउनको चपेटामा परेसँगै उहाँले सामाजिक सञ्जालमा राष्ट्रियता, सुदूरपश्चिमको कला, संस्कृति र रामायणलाई समेत स्थानीय डोड्याली भाषामा पस्केर यहाँको संस्कृति जर्गेना गर्दै आउनुभएको छ ।

“रामायणलाई नेपाली र डोट्याली भाषामा पहिलो पटक मैले नै यहाँ रामलिलामा उल्था गरेका थिए ।” उहाँले भन्नुभयो–“रामायणका विभिन्न पक्षलाई स्थानीय भाषामा परिमाजिर्त गरेर फेसबुकमा पस्किदा धेरैलाई सकरात्मक सुझाब समेत दिए ।”

‘घाम भयो पसिना मुछे मेरी इजु जिल्फीका खोयाले ।’
‘कमाया पुगुन्या, छैन् मेरी इजु याँ मेरा रोयाले ।।’
‘घाँस दाउरा चुला बाली, मेरी इजु स्याँक स्याँक खोक्दी हो ।’ ।
‘हिएकी बेदना कठै मेरी इजु कै सित पोख्दी हो ।’

बन्दाबन्दीकामा डेढ सय भन्दा बढी भिडियोहरु बनाएर सामाजिक सञ्चालनमा राखेका उहाँले कोरोना सङक्रमणबाट बच्न सर्तकता अपनाउन आग्रह गर्ने धेरै गीतहरु समेत प्रस्तुत गर्नुभयो । “आफै शब्द संकलन, संगीत र गायनबाट दिनमा ३/४ वटा भिडियोहरु बनाएर सार्वजनिक गर्थे ।” उहाँले भन्नुभयो–“हिजोआज इन्टरनेटको समस्या भएको छ ।”

यहाँ लाग्ने गरेका रामलिलाहरुमा १४ पटक राम, सीता, लक्ष्मण लगायत रामायणमा भएका सबैजसो पात्रहरुको भूमिकामा देखिसकेका उहाँले रामलिलामा अभिनयबाट आउने गरेको रकम सामाजिक कार्यमा खर्च गर्ने गरेको बताउनुभयो ।

“बन्दाबन्दीमा मेरा भिडियोहरुबाट प्रभावित भएर धेरैले युट्युब च्यान खोलेर पैसा आर्जन गरौैं भन्ने आग्रह पनि गरे ।” उहाँले भन्नुभयो–“मैले त राष्ट्रियता र यहाँका कला सस्कृति संरक्षणमा सहयोग पुगोस् भनेर बन्दाबदीको समय सदुपयोग गरेको हो ।”

सुदूरपश्चिमका पुराना ठाडी भाकाहरुलाई समेत परिमार्जित गरी उहाँले सामाजिक सञ्चालनमा पस्किादा मोहित हुनेहरुको सङ्ख्या ह्वातै बढ्दै गएको छ ।

“मैले परिमार्जित गरी स्थानीय भाषामा बाहिर ल्याउँदा धेरै पुराना गीतहरु अहिलेको पुस्तामा पनि लोकप्रिय बनेको पाएँ ।” उहाँले भन्नुभयो–“सदुपयोग गरे सामाजि सञ्जालले पनि कला, सस्कृतिको संरक्षण र राष्ट्रिय जर्गेना गर्न ठुलो माध्यम बन्दो रहेछ ।”

बाल्यकालदेखि नै कविता लेखनमा सक्रिया उहाँले थोरै समय पाउँदा पनि सन्देशमुलक प्रस्तुतिहरु तयार गर्ने गरेको बताउनुभयो ।“१५ मिनेट समय पायो की शब्द सङ्कलन र सङगीत दिएर हार्मोनियम बजाउँदै स्थानीय भाषमा गीत गाउन सक्छु ।” उहाँले भन्नुभयो–“प्राज्ञिक क्षेत्र पेशा बनाएर पनि साङगितीक क्षेत्रप्रति पनि सानैबाट हुरुक्क हुन्थे ।”

कोरोनाको त्रासमा धेरैलाई मेरा प्रस्तुतीले सान्त्वना दिएको प्रतिक्रिया पाएको उहाँको भनाई छ ।
“कोरोनाको तनाबबाट मुक्त हुन सङगीत पनि एउटा महत्वपूर्ण माध्यम बन्यो ।” उहाँले भन्नुभयो– “तनावमुक्त हुदै बन्दाबन्दीमा मनोबल उच्च राख्ने सङगीत अगाले ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !