१३ बैशाख २०८१, बिहिबार

मन्त्री योगेश भट्टराई बोल्दाबोल्दै जुम एप मिटिङमा पोर्न भिडियो देखिएपछि…


योगेश भट्टराई

८ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डको सोमबार बसेको ‘जुम एप’ भर्चुअल बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई बोल्ने क्रममा एक्कसी पोर्न भिडियो बजेलगत्तै एडमिनले भिडियो काटेका छन् । पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरिएको बैठकमा मन्त्री बोल्न सुरु गरे, एक्कसी पोर्न भिडियो बज्न थाल्यो ।

पर्यटनमन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पोर्न भिडियो देखिएको थियो । त्यसअगाडि पर्यटन सचिव केदारबहादुर अधिकारीले सम्बोधन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !