१२ बैशाख २०८१, बुधबार

लमजुङको राइनासमा प्याराग्लाइडिङ परीक्षण सुरु


असोज २७, लमजुङ | ऐतिहासिक राइनासकोटबाट प्याराग्लाइडिङको परीक्षण शुरु गरिएको छ । एक नेपालीसहित पाँच विदेशी पर्यटकले बिहिबार राइनासकोटबाट सफल परीक्षण गरेका हुन् । प्याराग्लाइडिङ गरेका छमध्ये तीन जनाले चेपे नदी किनारमा तथा तीन जनाले लमजुङको सुन्दर बजार र गोरखाको लिगलिगका भूभाग घुमेर राइनासकोटमै अवतरण गरेका थिए ।

राइनासकोटमा प्याराग्लाइडिङको सम्भावना राम्रो पाइएको पाइलट लाक्पा शेर्पाले बताउनुभयो । मनोरम दृष्य र सुरक्षित अवतरणको अवस्था निकै राम्रो पाइएको शेर्पाको भनाइ छ । पर्यटन व्यवसायी कृष्णराज ओलियाले प्याराग्लाइडिङलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय पोखराबाट प्याराग्लाइड विस्थापन हुने हल्लासँगै नयाँ सम्भाव्यता खोजी भइरहेका बेला राइनासकोटको सम्भाव्यताले व्यावसायिक प्याराग्लाइड गर्नेहरु उत्साहित भएका छन् । बिहीबार सफल परीक्षण गरेको टोलीले सोही ठाउँबाट तीन दिनसम्म प्याराग्लाइडिङ गर्ने जनाइएको छ । टोलीमा एक नेपालीसहित पाँच फ्रान्सेली छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !