१३ बैशाख २०८१, बिहिबार

गर्मीका कपडा बनाउन व्यस्त गार्मेन्ट उद्योग


गार्मेन्ट उद्योग

बाँके, १४ जेठ । यति बेला नेपालगञ्जका गार्मेन्ट उद्योगलाई गर्मीयाममा लगाइने कपडा उत्पादन गर्ने चटारो छ । टिसर्ट, हाफपाइन्ट, पाइन्टलगायत गर्मी मौसमका कपडा बनाउन उद्योगका मजदूर रातदिन व्यस्त छन् ।

“अहिले उत्पादन शुुरु ग¥यौंँ भने गर्मी बढेसँगै ग्राहकसम्म कपडा पुग्छ । त्यसैले गर्मीमा लगाउने कपडा तयार गर्दै छाँै”, कमल गार्मेन्ट उद्योगका सञ्चालक टङ्कसिंह धामीले भन्नुभयो । यहाँ सानाठूला गरी दुई दर्जनभन्दा बढी गार्मेन्ट उद्योग सञ्चालनमा छन् । गार्मेन्ट उद्योगको ठूलो बजार भएकाले यहाँ उत्पादन भएका कपडा प्रदेश नं ५ का पहाडी जिल्ला, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसम्म बिक्री हुने गरेको छ । न्यू लुम्बिनी गार्मेन्ट उद्योगकी सञ्चालिका कश्मिरा खातुनका अनुसार यहाँ उत्पादन भएका कपडाको बजार पश्चिम नेपाल नै हो ।

मौसमअनुसारका कपडा उत्पादन हुने गरेको उहाँले बताउनुभयो । “अहिले गर्मीयामको कपडा उत्पादन गरिरहेका छौंँ’, कश्मिराले भन्नुभयो, ”हामी अहिले कपडा उत्पादनको काममै व्यस्त छौंँ ।” बन्दाबन्दीअघि नै बाहिरबाट ल्याइएको कच्चा पदार्थले कपडा उत्पादन गरिरहेको व्यवसायी बताउँछन् ।

वर्र्षकै धेरै गर्मी
जल तथा मौसम विज्ञान विभाग, फिल्ड कार्यालय राँझाले मंगलबार साँझ नेपालगञ्जको तापक्रम ४० डिग्री सेल्सियस मापन ग¥यो । न्यूनतम तापक्रम भने २८.३ डिग्री रह्यो । नेपालगञ्जमा मंगलबार यस वर्षकै बढी गर्मी भएको छ । फिल्ड कार्यालयका प्रमुख पलबहादुर विकले मंगलबारको नेपालगञ्जको तापक्रम यस वर्षकै बढी भएको बताउनुभयो । यसअघि २०१९ मे २० मा ४३.५ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यो गत वर्षको अधिक तापक्रम हो ।

केही दिनदेखि यहाँ पानी परेको छैन । गर्मी बढेसँगै जनजीवन प्रभावित हुन थालेको छ । बन्दाबन्दीका कारण घरभित्रै बस्नुपरेको र अनियमित विद्युत् कटौती हुँदा झनै समस्या भएको नागरिकको गुनासो छ । “तातो हावा र तापक्रमको वृद्धिले बढी गर्मी महसुस भएको छ”, फिल्ड कार्यालय प्रमुख विकले भन्नुभयो ।

गर्मी बढेसँगै यहाँ तातो हावा ‘लु’ चल्न थालेको छ । स्थानीय प्रभावले तातिरहेको जमीनमा फेरि तातो हावा थपिएपछि ‘लु’ चल्छ । अत्यधिक गर्मीमा वायुमण्डलले तातो हावा फ्याँक्ने भएकाले लु लाग्छ । लु लाग्दा शरीरबाट पसिना धेरै निस्केर पानी कम हुन गई समस्या उत्पन्न हुने र अङ्गले तापक्रमलाई व्यवस्थित राख्न नसकी कमजोरी हुने स्वास्थ्यकर्मी बताउँछन् ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले लुबाट बच्न पर्याप्त पानी पिउन सुझाव दिँदै भन्नुभयो, “दिउँसोको समयमा घाममा ननिस्कने, निस्कनै परेमा छाताको प्रयोग गर्नुपर्छ । पर्याप्त मात्रामा पानी पिउनुपछए । खानामा शाकाहारी खानेकुरा, झोल पदार्थ र फलफूल प्रशस्त मात्रामा खानुपर्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !